Friday, April 26
Shadow

Tag: बिहे

अचम्मको परम्पराः बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने

अचम्मको परम्पराः बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं, पुस १८ । यस्तो ठाउँ जहाँ बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने, चीनमा एउटा अचम्मको परम्परा रहेको तथ्य सार्वजनिक भएको छ । युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित यो परम्परामा बिहे गरिसकेपछि पति(पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा । बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नी श्रीमतीसँग भेट्न हरेक बेलुका ससुराल जाने र विहानै आफ्नो घर फर्किने यो परम्परा अनौठो रहेको छ । अझ विशेष त, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमध्ये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ । त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालनपालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् । यो आदिव...