Thursday, May 2
Shadow

अचम्मको परम्पराः बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । यस्तो ठाउँ जहाँ बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने, चीनमा एउटा अचम्मको परम्परा रहेको तथ्य सार्वजनिक भएको छ ।

युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित यो परम्परामा बिहे गरिसकेपछि पति(पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा ।

बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नी श्रीमतीसँग भेट्न हरेक बेलुका ससुराल जाने र विहानै आफ्नो घर फर्किने यो परम्परा अनौठो रहेको छ ।

अझ विशेष त, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमध्ये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ ।

त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालनपालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् ।

यो आदिवासी समुदायमा कुनै महिलाले बच्चा जन्माएपछि हुर्काउने, पढाउने जिम्मेवारी महिलाकै माइती पक्षले गर्ने परम्परा छ ।-एजेन्सीको सहयोगमा

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares