Thursday, April 25
Shadow

Tag: बिरामी

मौसम परिवर्तन हुँदा मानिस किन धेरै बिरामी हुन्छन् ?  यस्तो छ कारण

मौसम परिवर्तन हुँदा मानिस किन धेरै बिरामी हुन्छन् ? यस्तो छ कारण

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं , पुस १४ । जाडो सकिएर गर्मी लाग्दा वा मौसम परिवर्तनका अन्य समयमा धेरैजनालाई रुघामर्की वा खोकी र भाइरल बिरामी लाग्छ । किन यसो हुन्छ त ?  हामी आज यसका बारेमा बताउनेछौं । तापक्रममा परिवर्तन आएपछि अनेकथरीका भाइरस उब्जिन्छन् । अनि यिनै भाइरसले मानिसलाई बिरामी बनाउँछन् । राइनोभाइरस र कोरोनाभाइरसले मानिसलाई गर्मी र जाडोमा मानिसलाई बिरामी बनाउन मुख्य भूमिका निर्वाह गर्छन् । यो इन्फ्लुएन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई रुघाखोकी तथा बिमारी लगाउँछ । यस्ता परिस्थितिमा मानिसलाई पूर्ण रूपमा सामञ्जस्य मिलाउन गाह्रो पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस यस्ता रोगको छिट्टै शिकार हुन पुग्छन् । बहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । यसैले मानिसलाई छिट्टो बिरामी बनाउँछ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने स...