Thursday, March 28
Shadow

Tag: बाघ

बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता

बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ३ । बर्दियामा बाघले फेरि एक महिला बेपत्ता पारेको छ । ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरी वेपत्ता पारेको हो । मंगलबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा​ निउरो टिप्न गएका बेला पाटेबाघले रावतलाई आक्रमण गरेको थियो । उनीसँगै निउरो टिप्न गएका अन्य तीन महिला भने सकुशल छन् । बाघको आक्रमणबाट वेपत्ता भएकी रावतको खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए। यसअघि फागुन २६ गते मात्रै जंगलमा घाँस काट्न गएकी एक महिलालाई पाटेबाघले आक्रमण गरी ज्यान लिएको थियो । फागुन १७ गते पनि सामुदायिक वनमा भैँसी चराउन गएका गेरुवा गाउँपालिकाका एक जनालाई बाघले आक्रमण गरी ज्यान लिएको थियो। बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ। पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछ...