Saturday, April 20
Shadow

Tag: बाघको आक्रमण

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
बर्दिया , चैत ४ । बर्दियामा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणबाट मृत्यु भएको हो । निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्र घाँस–दाउरा काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उनीसँगै घाँस–दाउरा काट्न गएका महिलाले गाउँमा फर्किएर आई बाघले आक्रमण गरी लगेको खबर गरेपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतको खोजी थालेका थिए । रावतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्रमा अनुमतिविना प्रवेश निषेध गरेको छ । तर, गोप्य बाटो प्रयोग गरी अवैध रूपमा प्रवेश भइरहेकाले जोखिम बढेको निकुञ्जका...
बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो , आतंंक बढ्न थालेपछि स्थानीय त्रसित

बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो , आतंंक बढ्न थालेपछि स्थानीय त्रसित

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु १७ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बाघको आक्रमणबाट एक जनाएको ज्यान गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट सोमबार ज्यान गएको हो। निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटर पर क्षतविक्षत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोली र बन्जरीया सैनिक पोष्टबाट खटिएको सुरक्षाकर्मीको टोलीले थारुको शव फेला पारेको हो । गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीको एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो। बाघको आतंंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन्।बर्दियाको खाता करिडोर र गेरुवा गा...