Friday, April 19
Shadow

Tag: बलात्कारपछि हत्या

बैतडीमा किशोरीको बलात्कारपछि हत्या:  संलग्नलाई कारबाही गर्न दाहाल–नेपाल समूहको माग

बैतडीमा किशोरीको बलात्कारपछि हत्या: संलग्नलाई कारबाही गर्न दाहाल–नेपाल समूहको माग

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल(नेपाल समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् ।‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको दाहाल–नेपाल समूहले आरोप लगाएको छ । दाहाल–नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलात्कारपछि हत्या भएको थियो । वि...