Thursday, March 28
Shadow

Tag: प्रहरी

नेपाल प्रहरीका दुई अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

नेपाल प्रहरीका दुई अधिकृतलाई ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , चैत ४ । नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड प्राप्त गरेका छन् । अर्वाड प्राप्त गर्नेमा ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारी छन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रम अन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो । गएको फागुनमा भर्चुअलसभा मार्फत उक्त अवार्ड घोषणा गरिएकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आज एक समारोहका बीच प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्ड प्रदान गरे । ब्युरोका निर्देशक थापाले पुरस्कृत हुने प्रहरी कर्मचारीलाई बधाई दिँदै उक्त पुरस्कारले प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको र अन्तरराष्ट्रिय जगतमा सङ्गठनको गरिमा बढाएको बताए । विसं २०६...
हवल्दारसहित तीन प्रहरी कर्मचारी निलम्बनमा

हवल्दारसहित तीन प्रहरी कर्मचारी निलम्बनमा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्णसिंह रश्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौँडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएका प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए । प्रहरीको आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले जानकारी दिए। निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन ...
प्रहरीका ६९ डीएसपीको सरुवा को–कहाँ भए ?  (सूचीसहित)

प्रहरीका ६९ डीएसपीको सरुवा को–कहाँ भए ? (सूचीसहित)

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस २१ । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ । ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ । महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो । ...