Thursday, April 25
Shadow

प्रहरीका ६९ डीएसपीको सरुवा को–कहाँ भए ? (सूचीसहित)


  • -इ
  • इ+

काठमाडौं , पुस २१ । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ ।

ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares