Saturday, April 27
Shadow

Tag: प्रशिक्षण कार्यक्रम

विजयनगरमा दहाल- नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

विजयनगरमा दहाल- नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राजनिती, समाचार, समाज
विजयनगर, पुस २३ , कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका वडा नं ६ प्रेमनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयनगर गांउकमिटीको आयोजना मुनिस मनिहारको अध्यक्षता तथा गिरधारी लाल न्यौपाने को प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य बालकराम बुढा र अतिथिमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकारले आफ्नो गल्ती सुधारेनन भने अझ ससक्त आन्दोलन हुने बताए । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खा...