प्रवक्ता शर्मा भन्छन् -सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्त रुपमा उत्रिन्छ
काठमाडौँ, माघ २१ । नेपाली कांग्रेसले सरकार विरुद्धको संघर्ष थप सशक्त गर्ने भएको छ ।
संवैधानिक निकायमा भएको नियुक्ति र शपथले सरकार ‘सर्वसत्ताउन्मुख’ भएको ठहर गर्दै कांग्रेसले संघर्षका कार्यक्रम थप सशक्त बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी’ शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको शर्माले उल्लेख गरेका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, संवैधानिक परिषद्को बैठक र बुधबारको शपथग्रहणप्रति कांग्रेसको विरोध रहेको उनले बताएका छन्।
गएको मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस अनुसार बुधबार विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३२ जना पदा...
