Friday, March 29
Shadow

Tag: प्रवक्ता गुरुङ

अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ: प्रवक्ता गुरुङ

अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ: प्रवक्ता गुरुङ

ब्यानर समाचार, समाचार
काठमाडौं , फागुन १७ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने दाबि गरेका छन् । सञ्चार मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिनबाट रोकेको दाबी गरेका हुन्। उनले सर्वोच्च अदालतले बहुमतप्राप्त संसदीय दलको प्रधानमन्त्रीले राज्य सञ्‍चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको जिकिर गर्दै यस्तो दाबी गरेका छन् । उनले भने, ुनिर्वाचनको माध्यमबाट बहुमत पाएको र त्यसको संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्‍चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । अदालतले नै राजीनामा दिनबाट रोकेकाले प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ।’ नैतिकताको आधारमा राजीनामा माग्ने प्रचण्ड-नेपाल पक्षका नेत...