Thursday, April 25
Shadow

Tag: प्रधानसेनापति थापा

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ :  प्रधानसेनापति थापा

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ : प्रधानसेनापति थापा

मुख्य समाचार, समाचार, समाज
=काठमाडौँ , फागुन १२ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन् । हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु ९८, ६११ मिटर० को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए । “यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ”, उनले भने, “हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।” प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको बताए । “आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको छ, सामूहिक रुपमा मिलेर गरे असम्भव केही पनि छैन भन्ने स्पष्ट भएको छ”, उनले भ...