Tuesday, April 16
Shadow

Tag: प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

प्रचण्ड सरकारको पहिलो निर्णय : पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।” नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या ...