Saturday, April 20
Shadow

Tag: प्रचण्ड नेपाल समुह

प्रचण्ड नेपाल समुहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै, ५० हजार नागरिक उतार्ने तयारी

प्रचण्ड नेपाल समुहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै, ५० हजार नागरिक उतार्ने तयारी

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ १७ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शनिबार० सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सम्बोधन गर्नेछन् । धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिएका छन् । धनगढीको दुई ठाउँबाट र्‍याली निकालिने लामाले जानकारी दिएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन्...