Saturday, April 20
Shadow

Tag: पौडेल

पौडेललाई देउवाको प्रस्ताव : लचिलो भई दिनुस्, महाधिवेशन ढिला नगरौं

पौडेललाई देउवाको प्रस्ताव : लचिलो भई दिनुस्, महाधिवेशन ढिला नगरौं

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ ६ । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । पौडेललाई भेट्न देउवा बोहराटार पुगेका थिए । भेटमा देउवाले पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भई दिन आग्रह गरेका छन् । सोमबार अपरान्ह पौडेल निवास बोहराटार पुगेका देउवा र पौडेलका बीच करिब डेढ घण्टासम्म समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयहरुमा छलफल भएको थियो । त्यसक्रममा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन् । देउवाले पार्टीको १४ औं महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भई दिन आग्रह गरेका छन् । भेटमा पार्टीका क्रियाशील सदस्यमाथिको विवाद छानविन गर्ने समितिको संयोजक रमेश लेखकलाई बनाउन प्रस्ताव गरेका छन् । ‘समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो, पार्टीको आन्तरिक...