Friday, March 29
Shadow

Tag: पोखरामा छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था

पोखरामा छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था

पोखरामा छठ पूजाका लागि व्रत वस्ने स्थानको व्यवस्था

आर्थिक, ब्यानर समाचार 2
छठ पूजालाई पोखरामा पनि व्यवस्था गरिएको छ । छठ पूजा गरिने स्थानहरु केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको हो । छठ पर्व पूजा समितिका अध्यक्ष रामआधारप्रसाद गुप्ताले पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरुले दुःख, कष्ट भोग्नु परेकाले खोला तथा तालका घाटलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । उहाँले तराई तथा भारतीय मुलका हिन्दूहरुले पोखरामा ३५ वर्षदेखि छठ पर्व मनाउँदै आएका र छठ पर्व मनाउनेको सङ्ख्या बर्षेनि वृद्धि भएकै कारण नदी तथा तालका घाटलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताउनुभयो । पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरुमा छट पूजा गर्नेको सङ्ख्या चार हजार पुग्ने अध्यक...