Wednesday, May 1
Shadow

Tag: पुरै मुसहर बस्ती शौचालयविहीन

पुरै मुसहर बस्ती शौचालयविहीन

पुरै मुसहर बस्ती शौचालयविहीन

Uncategorized, जिवनसैली, समाज
  सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो  मुसहर बस्ती अझै शौचालयविहीन छ । मुसहर समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौच जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताउनुभयो । “सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन्”, उहाँले भन्नुभयो, “यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ । ” डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । सिङ्गो  बस्तीमा अझै शौचा...