Thursday, April 25
Shadow

Tag: पाटे बाघ

मृत अवस्थामा पाटे बाघ फेला

मृत अवस्थामा पाटे बाघ फेला

दुर्घटना, ब्यानर समाचार 2
डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान  बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । ...
पर्सा राष्ट्रिय निकुञ्जमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

दुर्घटना, समाचार
काठमाण्डौं, पुष १८ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको ज्यान गएकोे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो काट्दै गरेको बाघलाई शनिवार बिहान ठक्कर दिएको हो । कारको ठक्करबाट बाघको राजमार्ग मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र मृत बाघलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । ठक्कर दिने सवारी र चालकलाई निकुन्जको ऐन अनुसार कारावाही गरिने बताईएको छ । बाघको पोष्टमार्टम चितवन राष्ट्रिय निकुन्जको टोली आएपछि मात्र गरिने छ । पथलैया देखि अमलेखगंज सम्मको सडकखण्डको राजमार्गमा बन्यजन्तुले सडक वारपार गर्ने क्रममा सडक दुर्घटनामा पर...