Thursday, March 28
Shadow

Tag: पत्रकारिता सम्मान

संचार मन्त्री पार्वत गुरुङले गरे नवराज बजगाईलाई पत्रकारिता सम्मान

संचार मन्त्री पार्वत गुरुङले गरे नवराज बजगाईलाई पत्रकारिता सम्मान

मुख्य समाचार, समाचार, समाज
महेन्द्र अधिकारी, ललितपुर, पुस ११ । नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक एवं प्रधान सम्पादक नवराज बजगाई लाई पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको छ । उनलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गग ‘यूवा पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको हो । संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता , बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुप प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न।पा। का मेयर सन्तोष चालिसे र राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईलाको हात बाट बजगाईलाई सम्मानित गरिएको हो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गरिएको आयोजक टिमका अध्यक्ष माधवराज खरेलले जानकारी दिनु भयो । ...