Tuesday, April 23
Shadow

Tag: नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुर

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष २५ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले भक्तपुर संघका टिमको कार्य सफलता र सम्पूर्ण व्यवसायीको सफलताको शुभकामना व्यक्त गरे । साथै, महासंघका सह कोषाध्यक्ष प्रेम महर्जन,महासंघका बागमती प्रदेश सचिव राज कार्की,काभ्रे,दोलखाका अध्यक्ष लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठ,उपाध्यक्ष सुब रत्न बज्राचार्य,सचिव दीपक बासुकला,कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ लगाएतले संघको गतिविधि सहित प्रतिवेदन पेश गर्नुभएको थियो । ...