Wednesday, May 8
Shadow

Tag: नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ६ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ । कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११स्३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०स्५० बजे काठमाडौँ अवतरण गर्नेछ । मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कने छ...
आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

मुख्य समाचार, समाचार
काठमाडौं , पुस १० । आगामी सोमबारदेखि नेपाल एयरलाइन्सको काठमाडौं-हङकङ-काठमाडौं नियमित उडान हुने भएको छ । गत सोमबार उडेका यात्रुमध्ये एकजनाको मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएपछि निगमले हङकङ नियमित उडान गर्न पाएको हो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले हङकङ उडानका लागि ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिएका थिए । ४८ घण्टाभित्रको रिपोर्ट भएका यात्रुलाई मात्रै उडाउने व्यवस्था गरेपछि निगमलाई हङकङ नियमित उडान गर्न राहत पुगेको हो । यसअघि ७२ घण्टाभित्रको पीसीआर रिपोर्टका आधारमा हङकङ उडान गरेका पाँचभन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएपछि पटक(पटक गरी चारपटक निगम हङकङको कारबाहीमा पर्दै आएको थियो । गत सोमबार हङकङ उडेका यात्रुमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि आगामी साता पनि निमगले उडान गर्न पाउने भएको हो । हङकङले एउटै उडान वा पटक-पटकको उडान गरी पाँच यात्रुमा कोरोना पोजेटिभ...