Thursday, April 25
Shadow

Tag: नेतृ रामकुमारी झाँक्री

रिहा भइन् रामकुमारी झाँक्री , भनिन् -म बिना–शर्त निस्किएकी छु, प्रतिगमन झुक्यो

रिहा भइन् रामकुमारी झाँक्री , भनिन् -म बिना–शर्त निस्किएकी छु, प्रतिगमन झुक्यो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , माघ २९ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार बिहान शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनलाई श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको एसएसपी थापाले जानकारी दिए । प्रहरी समक्ष झाँक्रीले राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहने बताएकी थिइन् । झाँक्रीमाथि कुनै मुद्दा नचलाइएको उनले बताए ।झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको थियो । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी थिइन् ।...