Friday, April 19
Shadow

Tag: नेकपा सचिवालय बैठक

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २० सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजेका लागि तय भएको छ । आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । मङ्सिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएकाले तीनदिन बैठक धकेलिएको थियो । आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित हुने कि नहुने भन्ने टुङ्गो लागेको छैन । ओलीनिकट नेताहरूले दुईचार दिन बैठक रोकेर सहमति खोज्ने कसरत गरे पनि त्यो सफल हुन सकेको छैन । १७ गतेको बैठक महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष प्रचण्डसँग बैठक स्थलबाहिर केही दिन स्थगित गर्न आग्रह गरेपछि मङ्सिर २० गतेसम्म स्थगित गरिएको थियो । ...