Saturday, April 20
Shadow

Tag: नेकपा विभाजनः

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु, अन्ततः फुटतर्फ नेकपा

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु, अन्ततः फुटतर्फ नेकपा

ब्यानर समाचार
काठमाडौं , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ ।यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकरा धरापमा पर्ने सम्भावना देखिएको छ । प्रदेश २ बाहेक बाँकी छ वटा प्रदेशमा नेकपाको सरकार छ । नेकपा फुटको संघारमा पुगेपछि प्रदेश १ मा सत्ता समीकरणबारे गणितीय खेल सुरु भएको छ । नेकपा फुटे कुन पक्षका कति सांसद कता हुने भन्ने गणना नेताहरुले गर्न थालेका छन् । मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत पुग्ने सम्भावना कम छ, पार्टी फुटे उनी स्वतः अल्पमतमा पर्ने देखिन्छ । केन्द्रीय राजनीतिको परकम्प प्रदेश २ को राजनीतिमा पनि परेको छ भने बागमती प्रदेशमा पनि सत्ता समीकराण फेरबद...