Wednesday, May 1
Shadow

Tag: नेकपा नाम विवाद

नेकपा नाम विवाद मुद्दाको फैसलाको मिति सर्‍यो

नेकपा नाम विवाद मुद्दाको फैसलाको मिति सर्‍यो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दाको फैसला मिति सरेको छ । गएको बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै फागुन २० गते बिहीबार अर्थात् आज नेकपा नामसम्बन्धी विवादको मुद्दा टुंगाउने जनाएका थिए । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा आज सर्वोच्चसहित देशभरका अदालतहरू बन्द रहने भएपछि फैसला मिति धकेलिएको हो । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलबार साँझ निधन भएको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएपछि हालको निर्वाचन आयोगमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाममा दर्ता भएको थियो । तर ऋषिराम कट्टेलले निर्वाचन आयोगमा त्यसअघि नै आफ्नो नेतृत्वमा दर्ता भइसकेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । ...