Wednesday, April 24
Shadow

Tag: नुवाकोट कांग्रेसको विरोध

संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्माओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । सोहि क्रममा नुवाकोटमा पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सोमवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको उपस्थीतिमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले, प्रधानमन्त्री ओलीको एकल निर्णय आफैँमा असंवैधानिक र अमान्य भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामा, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी लगाएतका नेताहरुले प्रधानमन्त्री ओलीको निर्णयको विरोध जनाएका छन् । ...