Wednesday, May 8
Shadow

Tag: निजामती कर्मचारी

प्रदेशका निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम

प्रदेशका निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ २९ । प्रदेश निजामती कर्मचारीहरुले ६० वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने भएका छन् । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले हिजो बुधबार प्रमाणीकरण गरेको ऐनले यस्तो व्यवस्था गरेको हो । प्रदेश २ मा प्रदेश निजामती सेवा ऐन, २०७७ हिजो प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् । ऐनअन्तर्गत प्रदेश नं २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ । नयाँ ऐनअनुसार अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र अथवा व्यक्तिगत विवरणमा लेखी दिएको उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने उल्लेख छ । निवृत्तभरण पाउने अवस्था र उमेरको हद ५३ वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशि...