Friday, April 26
Shadow

Tag: नयाँ नीति तथा कार्यक्रम

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

पत्रपत्रिका, ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, फागुन २५ । सरकारका सचिवले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको बैठक नै राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयबारे व्यापक छलफल गरेका हुन् । सचिव बैठकले नीति तथा कार्यक्रममा समेट्नु पर्ने महत्वपूर्ण विषयको तय गर्नेलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ । बैठकमा सहभागी एक सचिवका अनुसार बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि तय गरिने नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहज, व्यावहारिक र सरकारको साख उँचो बनाउने गरी तय गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले नीति तथा कार्यक्रमको व्यावहारिक, कार्यान्वयनयोग्य, मापनयोग्य, नतिजामूलक, रूपान्तरणकारी र विकासको दूरगामी सोचअनुसारको अवधारणामा आधारित रही तर्जुमा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...