Saturday, April 20
Shadow

Tag: दारी ग्याङ

दारी ग्याङको ५ औँ स्थापना दिवस, नुवाकोटमा मन्दिर सफाई गरि मनाईयो

दारी ग्याङको ५ औँ स्थापना दिवस, नुवाकोटमा मन्दिर सफाई गरि मनाईयो

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, फागुन ६ सामाजिक कार्यमा सक्रिय रहदैँ आएको दारीग्याङले ५ औँ स्थापना दिवस मनाएको छ । देशभरका दारीग्याङमा आवद्ध रहेका युवाहरुले विभिन्न सामाजिक कार्य गर्ने क्रममा दारीग्याङ नुवाकोटले भने संरक्षणको अभावमा रहेका दुई मन्दिर सरसफाई र रङ रोगन गरेर मनाएका छन् । स्थापना दिवसको अवसरमा दारीग्याङ नुवाकोटमा आवद्ध रहेका सक्रिय सदस्यहरुको उपस्थीतिमा संरक्षणको अभावमा जिर्ण अवस्था रहेको कानदेवी मन्दिर (बसपार्क गेट संगै) र मनकामना मन्दिर (घण्टा घरको नजिक) सरसफाइ तथा रङ रोगन गरिएको संयोजक सुवास श्रेष्ठले बताए । मन्दिरको लागि आवश्यक रङ रिजाल सप्लार्यसले उपलब्ध गराएको उनले बताए । यस अघि पनि दारीग्याङ नुवाकोट नितान्त सामाजिक कार्यमा सक्रिय रहदैँ आएको छ । ...