Thursday, May 16
Shadow

Tag: दाङको तुलसीपुर उपमहानगरपालिका

विद्यालयका भवन जीर्ण

ब्यानर समाचार 2, समाचार
विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् । विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । “भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन”, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भन्नुभयो, “यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।” पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उहाँले गुनासो गर्नुभयो । केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो । उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुईसय २२ विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्...