Wednesday, April 24
Shadow

Tag: तिहार

कात्तिक ७ देखि तीन दिन तिहार मनाउन तलेजुको आग्रह

कात्तिक ७ देखि तीन दिन तिहार मनाउन तलेजुको आग्रह

ब्यानर समाचार 2
यस वर्षको तिहार कति गतेदेखि मनाउने भन्ने अन्योल रहेको अवस्थामा भक्तपुर तलेजुले कात्तिक ७ देखि तीन दिन तिहार मनाउन आग्रह गरेको छ । तिहारका बारेमा जनमानसमा अन्योल र भ्रम पैदा भएको भन्दै आज तलेजुका मूल गुरु, पुजारीसहितले तिहारको शुभसाइत निक्र्यौल गर्दै कात्तिक ७, ८ र ९ गते तिहार मनाउन आग्रह गरेको हो । भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले भन्नुभयो, “तिहार कहिले मनाउने भन्नेबारेमा विवाद रहेको पाइयो, त्यसैले तलेजुले साइत निकालेको छ, अब विवाद गर्नु पर्दैन, कात्तिक ७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा (गोवर्दन पूजा) र ९ गते किजा पूजा अर्थात् भाइटिका गर्ने तलेजुले निर्णय गरेको छ, सोही अनुसार गर्नुहुन सबैमा आग्रह गर्दछौँ ।” यस वर्ष कसैले ८, ९ र १० गते तिहार मनाउने र कसैले ७, ८, ९ र १० गते तिहार मनाउने भन्दै विवाद भएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले क्यालेन्डर बनाउँदा स...