Friday, April 19
Shadow

Tag: तापक्रम

काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम,   १.३ डिग्रीमा झर्‍यो

काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम, १.३ डिग्रीमा झर्‍यो

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस ११ । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो । मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले जानकारी दिइन् । यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ । ​...
हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

हिल्साको तापक्रम माइनस १५ डिग्रीमा झर्दा सीमा सुरक्षाकर्मीलाई सास्ती, नदीमा जम्यो बरफ

मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, पुस १० । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ । नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए । उक्त ठाउँका घरहरु कर्णाली नदी नजि...
देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १० । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराई/पहाडका केहि भू-भागमा हुस्सुरकुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको शुक्रबार बिहानको तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार झण्डै २ डिग्रीले घटेको हो । काठमाडौंको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।...