Friday, April 19
Shadow

Tag: डा. नवराज लम्साल

डा. नवराज लम्साल :मदन पुरस्कार विजेता

डा. नवराज लम्साल :मदन पुरस्कार विजेता

ब्यानर समाचार 2, साहित्य/कला
धादिङमा जन्मेर साहित्य र पत्रकारितामा संलग्न डा नवराज लम्साललाई ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार दिलाएपछि आज धादिङमा सम्मान गरिएको छ । भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ धादिङ र नेपाल प्रेस युनियन धादिङको आयोजनामा उहाँलाई नागरिक सम्मान गरिएको हो । गृहजिल्लाको सम्मान कार्यक्रममा महाकाव्य रचनाकार लम्सालले विपन्न, मजदुर, दलित र पछाडि पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताउनुभयो । उहाँले मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाई सम्बोधन गरेको बताउनुभयो । लम्साललाई धादिङबँेसी बजारको चोकचोकमा बजारवासीले खादा लगाएर सम्मान गरेका थिए । टोल सुधार समितिका पदाधिकारी, सदरमुकाम आसपासका विद्यालय किवो बोर्डिङ, एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, नीलकण्ठ मावि, नीलकण्ठ क्याम्पस, चिल्ड्रेनपार्क मावि, बालमन्दिर म...