Wednesday, May 1
Shadow

Tag: ट्रक दुर्घटना

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
धादिङ, फागुन २५ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।...
धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १९ पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा मृत्यु भएको शव च्यापिएको अवस्थामा रहेको थियो। त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुला...
भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १० । भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति सवा २ बजेतिर जगातीबाट सूर्यविनायक आइरहेको ना६ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वीरगन्ज महानगरपालिका १२ का ३० वर्षीय अजमदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर पल्टिएको ट्रकले च्यापेर उनको मृत्यु भएको हो ।...