Tuesday, April 23
Shadow

Tag: टोकियो सरकार

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

अन्तर्राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य
मनोज अधिकारी/टोकियो कार्तिक ६ कोरोना भाइरसको संक्रमणबाट तंग्रिँदै गर्दा घरमा क्वारेन्टाइनमा बस्दा कसैलाई पनि रमाइलो लाग्दैन । टोकियोको अदाची वडामा भने यस्तो नरमाइलो कम गर्ने कम्तिमा केही कुरा छ । त्यो हो होम रिकुपरेशन सेट । यो सेटमा खानेकुरा, पेय पदार्थ सहित दैनिक जीवनमा अत्यावश्यक अन्य विविध सामाग्रीहरु राखिएको छ । यो सेट वडा आफैंले वितरण गरेको हो ।बिरामीहरुले एक हप्ताको अन्तरालमा दुई ओटा सेट प्राप्त गर्छन् । यो सेटमा ७ बोतल पानी, माइक्रोवेबमा तताउन मिल्ने भातको १२ प्याकेट, १ लोफ पाउरोटी, ४ कम इन्ष्ट्यान्ट रामेन, ४ प्याक इन्ष्ट्यान्ट करी, ५ प्याक इन्ष्ट्यान्ट राइस बल टपिङ, २ इन्ष्ट्यान्ट ह्यामबर्गर स्टिक राखिएको छ ।सेटमा यस बाहेक पनि क्यानमा राखिएको माछा र याकितोरी चिकेन, ८ मिक्स्ड भेजिटेबल प्याक, १ प्याक चेरी टोमेटो, ३ ओटा काक्रो, १० ओटा अन्डा, १ काइयो केरा, ६ ओटा सुन्तला, ६ प्याके...