Saturday, April 27
Shadow

Tag: टेलिकम

आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस ९ । नेपाल टेलिकमले दुई वर्षदेखि तयारी गरेको आईपी टीभीको प्राविधिक काम सकेर औपचारिक रूपमा एक सातापछि घोषणा गर्ने भएको छ। ग्राहकको रोजाई इन्टरनेटसँगै आईपी टीभीतर्फ भएकोले सजिलो र सहजताका लागि टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गरेको हो। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले १७ पुसदेखि फाइबर टू दि होम ९एफटीटीएच०मार्फत आईपी टीभी सेवा शुरू गर्ने भएको छ। टेलिकमले काठमाडौं उपत्यकाबाट यो सेवा शुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने घोषणा आगामी साता गर्दैछ। टेलिकमले शुरू गर्न लागेको इन्टरनेटसहितको यस्तो आईपी टीभी ग्राहकले प्रविधिको प्रयोगले टीभी हेर्न पाउने सुविधा थप हुने बताएको छ। यस्तो इन्टरनेटमा ग्राहकले १५ एमबीपीएस भन्दा माथिको गतिमा लिएको सेवाका लागि आईपी टिभी उपलब्ध हुने टेलिकमका सहप्रवक्ता रन्जित लोहिया बताउँछन्। आईपी टीभीको सेव...