Thursday, March 28
Shadow

Tag: टाउकोले टोकेर हस्पिटल भर्ना

सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, स्वास्थ्य
काठमाडौ, मंसिर २४ अमेरिकाको टेक्ससमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ । सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको २६ डोज दिनुपर्यो । जेनिफर सटक्लिफले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार उनका श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे । अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए । जब उनी मरेको सर्पलाई फ्याँक्न गइरहेका थिए तब सर्पको काटेको टाउकोले उनलाई डस्यो । सर्प मरेको थुप्रै घण्टासम्म पनि त्यसको टाउको जिउँदो रहन सक्छ र यसले डस्न सक्छ । जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमानको शरिरमा विष फैलिएको बताइन् । त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित उनको घरबाट विमानमा राखेर अस्पताल पुर्याइयो ।...