Thursday, May 2
Shadow

Tag: जुत्ता

एक जोर जुत्ताको मूल्य ५ करोड !

एक जोर जुत्ताको मूल्य ५ करोड !

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । न्यूयोर्कको एक लिलाममा राखिएका एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ । नाइकीको सह-संस्थापकले डिजाइन गरेको खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो । सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे । बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका थिए । सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह(संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए । यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो । लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ । लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेर...
कस्तो अनौठो नियम :  गाउँभर जुत्ता लाउन नपाइने, पाएमा कठोर सजाय

कस्तो अनौठो नियम : गाउँभर जुत्ता लाउन नपाइने, पाएमा कठोर सजाय

अचम्मका कुरा, समाज
के तपाई कहिल्यै जुत्ता चप्पल बिना कतै जान सक्नु हुन्छ?  पक्कै सकिदैन किनकी भुईको चिसो तातो वा खुट्टाले किल्चन सक्ने बस्तुको कारण हामी चप्पल लगाउँछौ । तर भारतको एक गाउँमा भने जूत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागिदार हुन्छन् । भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाँउमा जुत्ताचप्पल नलगाउने परम्परा छ । कलिमायन नामक यस गाँउमा सयौं र्षदेखि जुत्ताचप्पल लगाउन नपाउने नियम छ । यहाँ जुत्ताचप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जूत्ताचप्पल लगाउन मनाही गर्दछन् । जुत्ताचप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ । खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुदैं आएको छ । उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् । उनै देवताप्रति...