जाडो छल्न आउने हिउँदे आगन्तुक चरा
बेलबारी, २५ भदौ ः भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ ।
देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । “नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैनन्”, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।” कोसीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्ड...
