Thursday, April 18
Shadow

Tag: जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ : नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय...