Friday, March 29
Shadow

Tag: चुनाव चिन्ह र लेटरप्याड

चुनाव चिन्ह र लेटरप्याडको दुरुपयोग नगर्न ओलीलाई नेपालको चेतावनी

चुनाव चिन्ह र लेटरप्याडको दुरुपयोग नगर्न ओलीलाई नेपालको चेतावनी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ३ प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको नाम, चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएका छन्। प्रेस संगठनले शनिबार बिहान दाङको घोरहीमा आयोजना गरेको पत्रकार सम्मलेनमा अध्यक्ष नेपालले आधिकारिक नेकपा आफूहरु भएको दावी गरे। ‘हामी मूल पार्टी हौँ, त्यसैले चुनाव चिन्ह, लेटरप्याड हाम्रो हुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीले गुटको नेतृत्व गरेका छन्, चुनाव चिन्ह र लेडरप्याडको दुरुपयोग नगर्न चेतावनी दिन्छु। अध्यक्ष नेपालले ओलीको असंवैधानिक कदमले प्रतिगामीलाई हौसाएको र अग्रगमनका पक्षधरलाई निराश बनाएको बताए। उनले आफूहरुले ओलीलाई सुधार गर्न गरेका सबै प्रयत्न असफल भएको बताए। ‘हामीले उनलाई सुधार गर्न अनेकौँ प्रयत्न गर्यौँ, सबै प्रयत्न असफल भए’, उनले भने। अध्यक्ष नेपालले ओली समूहले प्रच...