Friday, April 26
Shadow

Tag: चितवनको युनाइटेड बेभरेजमा आगलागी

चितवनको युनाइटेड बेभरेजमा आगलागी

चितवनको युनाइटेड बेभरेजमा आगलागी

ब्यानर समाचार 2
  पूर्वी चितवनस्थित रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको बेभरेज प्रालिमा  आज बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम जारी रहेको उहाँले बताउनुभयो । आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ । ...