Friday, April 19
Shadow

Tag: चलचित्र क्षेत्र

चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

चलचित्र क्षेत्र नखुले आन्दोलनमा उत्रन्छौं : अध्यक्ष खड्का

आर्थिक, मनोरञ्जन, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर १७ कोरोना भाइरसको महामारी अझै सामान्य भएको छैन । दिन प्रतिदिन संक्रमण भयावह रुपमा फैलिरहेको छ । तर, सरकारले भीडभाड हुने प्रायः सबै क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ, चलचित्र क्षेत्रबाहेक । लकडाउनभन्दा अगाडि नै बन्द भएको चलचित्र क्षेत्रमा विगत आठ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं चलचित्रकर्मीलाई समस्या परेको छ । सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति नदिँदा हल सञ्चालकहरुको करोडौंको लगानी जोखिममा परेको छ भने करोडौंको लगानीमा निर्माण भएका चलचित्रको प्रदर्शन रोकिँदा निर्माताहरु पनि ऋणको बोझमा छन् । चलचित्र प्राविधिकको अवस्था झन् नाजुक छ । चलचित्र निर्माण ठप्प हुँदा उनीहरुलाई विहान बेलुका हातमुख जोर्न समेत समस्या भएको छ । लामो समयदेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरुलाई पनि आर्थिक समस्या उत्पन्न हुन थाले...