Thursday, April 25
Shadow

Tag: चट्याङ

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
लमजुङ, चैत ३ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको भने दुई जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।गम्भीर घाइते भएका अन्य २ भाइ छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको उपचार भइरहेको छ । ...
चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , माघ २४ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको हो । घरमै बसेका बेला चट्याङ लागेका बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी ३५ वर्षीया सीता बोहरा घाइते भएको प्रहरीले जनाएको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको हो ।...