Thursday, March 28
Shadow

Tag: चट्याङका कारण २४ घण्टामा एक्काइस जनाको मृत्यु

चट्याङका कारण २४ घण्टामा  एक्काइस जनाको मृत्यु

चट्याङका कारण २४ घण्टामा एक्काइस जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएकोत्यस राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीले  पुष्टि गरेका छन् । कृषिकार्यमा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् । यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गर्नुभएको छ ।...