Saturday, April 20
Shadow

Tag: चक्कु प्रहार

चक्कु प्रहारबाट ७ जनाको मृत्यु, ७ घाइते

चक्कु प्रहारबाट ७ जनाको मृत्यु, ७ घाइते

अन्तर्राष्ट्रिय, अपराध
काठमाडौं, पुस १३ । चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको छ । चीनको लियाउनिङ प्रान्तमा एक ब्यक्तिको चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको हो । ७ जना घाइते भएका छन् । लियाउनिङ प्रान्तको काइयुआन शहरको एक विद्यालय बाहिर अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् । मानसिक रोगीले बदला लिन चक्कु प्रहार गरेको हुन सक्ने बताइएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकका संख्या बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी...