Thursday, May 2
Shadow

Tag: घोंगी

माछा, गङ्गटो र घोंगी :कि जीविका कि व्यापार

माछा, गङ्गटो र घोंगी :कि जीविका कि व्यापार

जिवनसैली, ब्यानर समाचार 2, समाज
काठमाडौँ- कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उहाँले माछा मारेर सदुपयोग गर्दै आउनुभएको हो । मञ्जु मात्रै होइन उहाँको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उहाँको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ । “पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उहाँले भन्नुभयो, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उहाँले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताउनुभयो । बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा ...