Thursday, April 25
Shadow

Tag: गोरु जुधाइँदै

नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

मुख्य समाचार, समाचार, समाज
नुवाकोट , माघ १ । यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ । चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको तारुका माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए । तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मेला आयोजना गरिएको छ । चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्नेछ् । विदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ । चन्दनीमा मेला सफल बनाउन गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने बताइएको छ । गत वर्ष गोरु वर्गीकरण गरी क र ख वर्गअनुसार पुरस्कार वितरण गरिएको थियो । ...