Friday, April 26
Shadow

Tag: गोरखाबाट हनुमानढोका दसैँ घरमा पठाइयो फूलपाती

गोरखाबाट हनुमानढोका दसैँ घरमा पठाइयो फूलपाती

गोरखाबाट हनुमानढोका दसैँ घरमा पठाइयो फूलपाती

ब्यानर समाचार 2
 दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उहाँले बताउनुभयो । गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलहरुलाई फूलपातीका रूपमा दरबार भित्र्याइएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखा दरबारका सुसारेहरुले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दसैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्करहरु शतिपीपल डाँडामा पुगेका थिए । फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरुले मङ्गल गीत र मालश्री राग गाउँदै, ...