Saturday, April 20
Shadow

Tag: खेलकुद

नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने

नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने

खेलकुद, ब्यानर समाचार 2
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल (महिला–पुरुष), कराते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला–पुरुष), क्रिकेट, आइटिएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तलन, शारिरीक सुगठनमा सहभागिता जनाउनेछ । त्यस्तै कुस्ती, हेण्डबल (महिला–पुरुष), टेबलटेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको, जिम्न्यास्टिक खेलका प्रतिस्पर्धामा भ...